काठमाडौंका सवारी ठप्प, सरकारद्वारा यातायात मजदुरलाई वार्ताका लागि आह्वान

आन्दोलनरत यातायात मजदुर संघको हडतालका कारण उपत्यकाका सवारी ठप्प भएका छन । अचानक भएको सबारी ठप्पका कारण हजारौं यात्रुहरु अलपत्र परेका छन् ।

 

सरकारले आन्दोलनरत यातायात मजदुरलाई वार्तामा बोलाएको छ। आन्दोलनरत यातायात मजदुरलाई मंगलबार बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बोलाइएको छ । विभागले सबै पक्षलाई संयमित हुन आग्रह गर्दै पूर्वघोषित तथा अघोषित सबै मागबारे छलफलबाट समाधान गर्न पनि आग्रह गरेको छ।

ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात मजदुरहरूले सोमबार बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोडका साथै आगजनी गरेका थिए। ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आयोजना गरेको आन्दोलनका क्रममा मजदुरहरूले आगजनी तथा तोडफोड गरेका हुन्।

 

तपाईको प्रतिक्रिया