
दुखहरण यादव
गढवा । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था शाखा कार्यालय गढवाले छात्रवृत्ती वितरण गरेको छ ।
निर्धन लघुवित्त संस्थाको शाखा कार्यालयमा आवद्ध भएका सदस्यहरूका छोरा र छोरी मध्येवाट प्रत्येक वर्ष कक्षा १२ उत्रिर्ण गरेका छात्र र छात्रालाई उच्च शिक्षामा निरन्तरता दिन थप प्रोत्साहन र हौसला दिने उदेश्यले निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको क्षेत्रीय कार्यालय कोहलपुर अन्र्तगत शाखा कार्यालय गढवा, दाडले आ. व. ०७८÷०७९ मा १२ कक्षा उत्तीर्ण गरेका शाखाका सदस्यहरूका छोराछोरी मध्ये सर्वोत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्रा एक गरी दुई जना विद्यार्थीहरूलाई एक समारोहका विच डा. हरिहरदेव पन्त स्मृति छात्रवृत्ति प्रदान गरेको छ ।
निर्धन उत्थान लघुवित्त वित्तिय संस्था शाखा कार्यालय गढवाका प्रमुख नारायण भुर्तेलको सभापतित्व तथा गढवा गाउपालिकाका अध्यक्ष यम नारायाण पोख्रेलको प्रमुख आतिथ्यमा भएको छात्रवृती हस्तान्तरण कार्यक्रममा छात्रतर्फ गोवहडिहा महिला समाजकी सदस्य अनारकली चौधरीका छोरा अभिशेक चौधरी र छात्रातर्फ मटेरीया महिला समाजकी सदस्य जुगमनी चौधरीकी छोरी रोशनी चौधरीलाई जनही १०÷१० हजारका दरले नगद २० हजार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
छात्रवृती रकम तथा प्रमाण पत्र हस्तान्तरण गर्देै गढवा गाउँपालिका अध्यक्ष यम नारायण पोखरेले निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाले आफ्ना सदस्यका बच्चालाई शैक्षिक प्रगतीको लागी गरिएको छात्रवृती वितरण कार्यक्रम प्रशंसनिय र उपलब्धीमुलक रहेको बताउदै यस प्रकारको कार्य सबै लघुवित्तले गर्नु पर्ने बताउदै निर्धन लघुवित्तले सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, वित्तीय साक्षरता, व्यवसायिक साक्षरता र सचेतनामूलक कार्यक्रमहरू संचालन गर्दै ग्राहक सदस्यहरूको आर्थिक, शैक्षिक, सामाजिक, वौंद्धिक विकासमा टेवा पु¥याउंदै आएको कार्यले गढवा गाउपालिकाको चौतर्फी विकाशमा सहयोग गर्न टेवा मिल्ने बताए ।
त्यसैगरी कार्यक्रममा लघुवित्त संस्थाका शाखा प्रमुख नारायण भुर्तेलले स्व. डा. हरिहरदेव पन्तले नेपालमा विपन्न वर्गका महिलाहरूलाई सामाजिक चेतनाको साथै वित्तीय तथा गैर वित्तीय सेवा दिगो तरिकाले पु¥याउन पहिलो पटक विना धितो लघुवित्तको शुरूवात गरी आम गरिव व्यक्तिमा वित्तीय साक्षरता, उद्यमशील विकास ताालिम, बजार र वित्तीय पहुँच एकीकृत रूपमा पु¥याई आर्थिक र सामाजिक अवस्थामा सुधार ल्याउन निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको स्थापना गरेको बताए ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड देशको ७७ वटै जिल्ला हरूमा शाखा सञ्जाल रहेको लघुवित्त वित्तीय संस्था हो । संस्थाले १ सय ८३ वटा शाखा कार्यालयहरू, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १ सय ९२ वटा कार्यालय मार्फत करिव ४ लाख लघु उद्यमीहरुलाई लघुवित्त सेवा प्रदान गरिरहेकोे छ ।
संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित पिछडिएका विपन्न परिवारका महिलाहरूलाई समूहमा आवद्ध गराई विना धितो र बयस्क सदस्यलाई लघुउद्यम कर्जा लगानी गर्ने, ग्राहक सदस्यहरूलाई सुत्केरी स्याहार खर्च, प्राकृतिक प्रकोप आगलागि, बाढी, पहिरो, भुकम्प, हावाहुरी प्रभावित ग्राहक सदस्यहरूलाई आर्थिक अनुदान÷राहात, ग्राहक सदस्य, ग्राहक सदस्यका पति छोराछोरीलाई गम्भीर प्रकृतिका रोग लागेमाआर्थिक अनुदान÷राहात, सदस्यलाई पाठेघरको शल्यव्रिmया गरेको अवस्थामा आर्थिक अनुदान÷राहात र ऋणी सदस्य तथा संरक्षक (पति) को मृत्यु हुँदा आर्थिक सहायता उपलब्ध गराई ऋणको अति भार बाट मुक्त गराउँदै आएको छ ।
छात्रवृती वितरण कार्यक्रमको सहजीकरण लघुवित्तकी कर्मचारी उषा डाँगी(बुढाथोकी)ले गरेकी थिइन ।

तपाईको प्रतिक्रिया