लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति नेपालले साेमबार देशैभर विरोधको कार्यक्रम गरेका छन्।

विरोध कार्यक्रमअनुसार लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति नेपालका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश अध्यक्ष गगन विकको नेतृत्वमा भालुवाङमा पनि विरोध कार्यक्रमकाे आयाेजना भएकाे छ।
उनीहरूले सडकमा दीप प्रज्ज्वलन गरेका थिए। १२ बजे देखि २ बजेसम्म सडकमा दीप प्रज्जवलन, सडकमा सुत्ने लगायतका कार्यक्रम, सामन्तीको रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज, लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा, आम गरिब किसानहरूलाई नि:शुल्क ऋण प्रदान, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था, समाजवादी अर्थतन्त्रको विकासलगायतका माग गर्दै संघर्ष गरीरहेको दाङ जिल्ला संघर्ष समितिका अध्यक्ष सीताराम यादवले जानकारी दिए।

संघर्ष समितिले नेपाल सरकारले आफ्ना मागको सम्बोधन नगरे थप आन्दोलनका कार्यक्रम गर्ने बताएका छन्।


तपाईको प्रतिक्रिया