दाङ । स्थानिय तह सदस्य निर्वाचन २०७९ का लागि राप्ती गाउँपालिमा ७२.८० प्रतिशत मत खसेको छ । राप्ती गाउँपालिका निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार बेलुका ६ बजे सम्मको समयमा उक्त मत खसेको हो ।

कुल ३२ हजार दुई सय २३ मतदाता मध्ये जम्मा २३ हजार चार सय ५८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
खसेको मत संख्याः
वडा नं १, भालुवाङ मतदान केन्द्रमा २,८२६
वडा नम्बर २ लालमटिया मतदान केन्द्रमा २,९११
वडा नम्बर ३ को श्रीचौर मसुरीया मतदान केन्द्रमा २,०७८ र सोही वडाको बसन्तापुर मतदान केन्द्रमा १,०६०
वडा नम्बर ४ को मौरीघाट मतदान केन्द्रमा ३,१४६
वडा नम्बर ५ को सिसहनियाँ मतदान केन्द्रमा २९१८
वडा नम्बर ६ को पत्थरगढवा मतदान केन्द्रमा २७०८
वडा नम्बर ७ को छोट्की सिसहनियाँ मतदान केन्द्रमा २५५२
वडा नम्बर ८ को पिपरी मतदान केन्द्रमा २५५३
र वडा नम्बर ९ को रूपाकोट मतदान केन्द्रमा ७१४

तपाईको प्रतिक्रिया