अबैध सालका काठ सहित देविकोटबाट ४ जना पक्राउ

 

 

भालुवाङ । राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटबाट प्रहरीले अवैध सालको काठ सहित ४ जना पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले उनिहरुलाई शनिवार दिउँसो करिव १२ बजे प्रकाउ गरेको हो । वडा नं. ९ देबीकोट स्थित भद्राक्षी सामुदायिक वनको ओखले भन्ने स्थानमा अबैध रुपमा काठ कटानी भईरहेको भन्ने विषेश सुराकीको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी नायव निरिक्षक गोगन सिंहको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरूमा वडा नं. ९ बस्ने बर्ष २२ का सुल्तान मिया, बर्ष २६ का जुद्ब बहादुर बराल, बर्ष ४४ का तिलबहादुर फुन्जा मगर र बर्ष ३६ का टोपबहादुर रोका रहेका इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

उनीहरुको साथबाट २९.७६ क्यू.फिटको ११ थान चिरान साल काठ, ७०.८९ क्यू.फिटको २ थान गोलिया काठ गरि कुल १ लाख बराबरको १००.६५ क्यू.फिट काठ बरामत गरिएको प्रहरीले जानकारी दिएको छ । साथै उनीहरुबाट काठ सहित काठको बिड भएको बन्चरो २ थान, फलामको गल २ थान हाते, आरा २ थान बरामत गरि डिभिजन बन कार्यालय दाङमा बुझाएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

तस्विरः इलाका प्रहरी कार्यालय भालुवाङ

तपाईको प्रतिक्रिया