दाङ-लुम्बिनी प्रदेश सरकारले लमही नगरपालिका भित्र मन्त्रायलय र निवास स्थापना गर्ने भएकाे छ । जसका लागि पूर्वाधारकाे अवलाेकन गरिएकाे छ । लमहीमा भएका सरकारी तथा गैरसरकारी भवनको अवलोकन गरिएको छ ।

एक मन्त्रालय र आठ मन्त्री निवास लमहीमा स्थापना गर्ने त्यसका लागि सम्भावित संरचनाकाे अवलाेकन गरिएकाे हाे । मन्त्रि चेतनारायण अाचार्यकाे नेतृत्वमा मन्त्रालयका लागि नगर विकास समितिको भवन अवलोकन गरिएको एमाले लुम्बिनि प्रदेश कमिटिका सदस्य गंगाराम भट्टराइले जानकारी दिए ।

सडक बिभाग, भुमिगत जलस्रोत विकास परियोजना, देउखुरी उद्योग वाणिज्य संघ, लमही जेसीज, होटल व्यवसायी संघ, दलित सचेतना भवन, भुपु सैनिकको भवन, त्रिसिद्देस्वरी यातायातको भवन, ब्रह्मकुमारी इश्वरीय विश्व विद्यालयको भवन, सहिद नेत्रलाल स्मृति प्रतिष्ठानको भवन लगायतका स्थानमा निवासको लागि हेरिएको छ ।
प्रदेश सरकारका मन्त्री आचार्यले एउटा मन्त्रालय र निवासको व्यवस्थापन गर्न प्राधिकरणका सिईओ छवि पोख्रेललाई निर्देशन दिए । जुन भवन मन्त्रालय र निवासका लागि उपयुक्त हुन्छ ती भवनको रंग रोगन कार्यक्रम छिटो गर्न मन्त्री आचार्यले सिईओ पोख्रेललाई आग्रह गरेका हुन ।
लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको संयोजकत्वमा लुम्बिनी प्रदेशको राजधानी व्यवस्थापन समन्वय समिति गठन गरिएको थियाे ।
मन्त्री आचार्यको अवलोकन टोलमा लुम्बिनी विकास प्राधिकरणका सिइओ छवि पोख्रेल, लुम्बिनी प्रदेश सभासद भुमेश्वर ढकाल, निवर्तमान प्रदेश सभा सदस्य सरस्वती गौतम, लमही नगरपालिकाका पुर्व प्रमुख कुल बहादुर केसी, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल, गंगाराम भट्टराई, लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया