बाँके । मिर्गौलाका बिरामीका लागि भेरीले अस्पतालमा हेमोडाइलासिस सेवा विस्तार गरेको छ । स्वास्थ्य मन्त्री पदम गिरीले भेरी अस्पतालमा विस्तारित हेमो डायलासिस सेवाको शुभारम्भ गरेका छन् ।


दादुरा महामारी क्षेत्रकाे अवलोकनमा बाँके पुगेका मन्त्री गिरिले भेरी अस्पतालकाे हेमो डायलाईसिस कक्ष उद्धाटन पनि गरेका हुन् ।

डायलासिस सेवा लिई रहेका ५२ बर्षिय बिरामी रविन्द्र श्रेष्ठलाई फुलको गुच्छा सहित स्वास्थ्य लाभको कामना गर्दै मन्त्रीले हेमो डायलासिसको विस्तारित सेवाको उद्घाटन गरेका हुन् । भेरीमा यसअघि ४ वटा डायलासिस मेसिन थियो ।
विस्तारित सेवा अन्तरगत थप दुई मेसिन थपिएको छ । त्यसमा एचआईभी तथा हेपाटाइटिसका बिरामीहरुका लागि समेत सेवा दिन सकिने अस्पतालले जनाएको छ ।

लेखकको बारेमा

तपाईको प्रतिक्रिया