दाङ । तुलसीपुर उपमहानगरपालिका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीकाे घरमा अज्ञात समुहले नक्कली बम प्रहार गरेकाे छ ।

तुलसीपुर उपमहानगरपालिका-५ मा रहेकाे घरमा दुई वटा नक्कली बम प्रहार भएको इलाका प्रहरी कार्यालयका डिएसपी श्याम अर्यालले बताए ।`सुरुमा त पेट्रोल बम भनियाे । पछि अनुसन्धान गर्दा त्याे नक्कली रहेकाे पत्ता लाग्याे´डिएसपी अर्यालले भने`बियरकाे खालि वाेत्तलमा भुस भरेकाे, मट्टीतेल हालेर, वाति निकालिएको रहेछ । तर्साउन नक्कली बम बनाएछन । एउटामा आगाे सल्किएर निभ्याे । अर्काे बाेल्दै बलेन ।´
गिरीले नेपाली कांग्रेसबाट मेयर पदमा उम्मेदवारी दिएका हुन । तुलसीपुरमा कांग्रेसले मेयरमा र एकीकृत समाजवादीबाट जाेगबहादुर रानाले उपप्रमुखमा उम्मेदवारी दिएका छन ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया