दाङ । हालै मात्र नेपाल कम्युनिस्ट पार्टीबाट अलग भएर बनेको नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोला ’कञ्चन’ पक्राउ परेका छन् ।

पोखराबाट कोहलपुर जाने क्रममा प्रहरीले उनलाई पक्राउ गरि दाङको भालुवाङमा राखेको नेकपा (बहुमत)का नेता गुणराज लोहनीले जानकारी दिए।
बुधबार साँझ बुटवलको मिलनचोकमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आशंकामा बाँस्तोलालाई बिहीबार बिहान ५ बजेतिर प्रहरीले नियन्त्रणमा लिएको हो ।
सार्वजनिक बस चढेर कोहलपुर गइरहेका बाँस्तोलालाई प्रहरीले षडयन्त्रमूलक तरिकाले गिरफ्तार गरेको लोहनीले बताएका छन्।
भालुवाङ ईलाका प्रहरी कार्यालयले भने बास्तोला पक्राउ नपरेको बताएकाे छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया