दाङ- गायक तथा सँगितकार यादब नाथ योगीको माघ पर्वको अबसरमा ‘हम्रे थारु हुई’ म्युजिक भिडियो सार्बजनिक भएको छ । थारुहरुको सँस्कृती जोगाउँदै राष्ट्रियभाव बोकेके भिडियो निर्माण भएको छ । थारुहरुको महान पर्ब माघे संक्रान्तीको अबसरमा शुभकामना सहित भिडियो सार्बजनिक गरिएको गायक तथा सँगितकार यादबनाथ योगीले बताए । उनले स्थानिय थारु कलाकार हरुलाई प्रोत्साहन तथा स्थानका निम्तीपनि भिडियो निर्माण गरिएको जनाए । भिडियोमा थारुहरुको सँस्कृती, धर्म, भेषभुषालाई देखाईएको छ । बरिष्ठ गायिका चन्द्रकला शाहको शब्द लेखनमा प्रकाश बस्नेतले भिडियोको छायाँकन तथा निर्देशन गरेका हुन । गायक यादब नाथ योगी, गोबिन्द मधुर आचार्य र बसन्ती चौधरीको स्वरमा सजिएको गितमा यादबनाथ योगीको सँगित रहेको छ । अभय केसीको नृत्य निर्देशनमा निर्माण भएको म्युजिक भिडियोमा छबिलाल कोपिला, सुरेन्द्र चौधरी, शिला चौधरी, अञ्जलि चौधरी लगायत स्थानिय कलाकारको अभिनय रहेको छ । यादब नाथ योगी अफिसियल युटुब च्यानलबाट म्युजिक भिडियो सार्बजनिक गरिएको हो ।

भिडियो हेर्नुस्

तपाईको प्रतिक्रिया