दशरथ घिमिरे

दाङ–पलुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते भित्र सरकार गठनका लागि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन् ।
लुम्बिनी प्रदेशमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका कारण दुई वा दुुईभन्दा बढीहरू मिलेर बहुमत पु¥याई दाबी पेश गर्न बिहीबार आह्वान गरेका हुन ।
लुम्बिनीमा एमाले र माओवादी मध्य एउटा दलले मुख्यमन्त्री पाउने छ । नयाँ ७ दलिय गठबन्धनको विचमा हुने सहमतीको आधारमा लुम्बिनीमा सरकार गठन हुने छ । एमालेबाट संसदीय दलका नेता लिला गिरी र माओवादी संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्रीको दावी गर्दै आएका छन् ।
निर्वाचन परिणम प्रदेश प्रमुखले बुझेको ३० दिन भित्र प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ । जस अन्तरगत प्रदेश प्रमुखले दलहरुलाई नयाँ सरकार गठनको लागी नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि समय दिइएको हो ।
पुस २७ गते बुधवार दिउँसा ४ बजे भित्र प्रदेशसभाका बहुमत सदस्यको हस्ताक्षरसहित दावी पेश गर्न आह्ववान् गरिएको हो ।


तपाईको प्रतिक्रिया