दाङ – लमहीमा सुविधा सम्पन्न डि नोभा डेन्टल क्लिनिक संचालनमा आएको छ ।

उक्त क्लिनिकको लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले उद्घाटन गर्नु भएको हो । क्लिनिक उद्घाटन गर्दै नगर प्रमुख चौधरीले स्वास्थ्य जस्तो विषयमा संवेदनशील भएर सेवा दिन आग्रह गर्नु भयो ।
लमही क्षेत्रमा दिनप्रतिदिन विभिन्न संघ/संस्था थपिदै जानु सुखद भएको उहाँको भनाई छ ।
त्यस्तै नगर उपप्रमुख लक्ष्मी योगीले मानव स्वास्थ्यसँग जोडिएको संस्थाले मानव हितमा काम गर्नु पर्ने बताउनु भयो । क्लिनिकमा राम्रा राम्रा विषेशज्ञ राखेर सेवा दिन समेत संचालकलाई आग्रह गर्नु भएको छ ।
डि नोभा डेन्टल क्लिनिकका संचालक तथा डाक्टर चेतनारायण पाण्डेले स्थानीय स्तरमा सबै संग सहकार्य गर्दै सेवा प्रवाहलाई मजवुत गराउने बताउनु भएको छ ।
कार्यक्रममा उद्योगी, व्यवसायी, राजनीतिक दल लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया