एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा गिरी र उपनेतामा आचार्य सर्वसम्मत चयन

 

 

 

देउखुरी । लुम्बिनी प्रदेशमा नेकपा एमाले संसदीय दलको नेतामा लिला गिरी सर्वसम्मत चयन भएका छन् । आइतबार बसेको राप्ती उपत्यका देउखुरीमा बसेको संसदीय दलको बैठकले गिरीलाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको प्रदेश सभा सदस्य भूमिश्वर ढकालले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा एमालेको सरकार बनेमा गिरीलाई भावी मुख्यमन्त्रीको रुपमा हेरिएको छ। यस्तै उपनेतामा चेतनारायण आचार्यलाई पनि सर्वसम्मत चयन गरिएको छ।

गिरी रुपन्देही २(१) बाट र आचार्य अर्घाखाँची १(१) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । लुम्बिनीमा एमालेका २९ जना सांसद छन् ।

 

तपाईको प्रतिक्रिया