भालुवाङ खानेपानीको अध्यक्षमा हस्तबहादुर गुरूङ सर्वसहमती, २ नं. वडाका एकजना पनि परेनन्

 

 

भालुवाङ । भालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ कार्य समिति सर्वसहमतीले चयन भएको छ ।

लामो समय देखि निर्वाचन प्रक्रियाबाट कार्यसमिति चयन हुँदै आएको थियो । यस पटक भने सर्वसहमतीका आधारमा नयाँ नेतृत्व चयन भएको हो ।

सर्वसहमतीमा हस्तबहादुर गुरूङको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको निर्वाचन समिति संयोजक महेश रिजालले जानकारी दिए ।

समितिको उपाध्यक्षमा ऋषिराम आचार्य, सचिवमा गोपाल चन्द, कोषाध्यक्षमा चन्द्रप्रकाश आचार्य चयन भएका छन् । त्यसै गरि सदस्यहरूमा शिशिर पुन, चेतनाथ बस्नेत, सीता पौडेल, ऋषिराम शर्मा, देउसिंह पुन मगर, महिला सदस्यहरूमा भुमि गुरूङ र गंगा गिरी रहेका छन् ।

राप्ती गाउँपालिका वडा नं. १ र २ उपभोत्ता रहेको भालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ कार्यसमितिमा वडा नं. २ का एक जना पनि उपभोत्ता समावेश गरिएको छैन ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पुस १३ गते प्रमाणपत्र र सफथ ग्रहण गराईने संयोजक रिजालले जानकारी दिए।

तपाईको प्रतिक्रिया