
दाङ – लुम्बिनी प्रदेश स्तरीय २९ औं न्यू होराइजन हाजिरी जवाफ प्रतियोगितामा तुलसीपुरमा रहेको तुलसी आवासीय माध्यामिक विद्यालय तुलसीपुर प्रथम भएको छ । मेचिकाली सेकेन्डरी बोर्डिङ स्कुल घोराही द्वितीय र जनज्योति विद्या मन्दिर घोराही तृतीय भएका छन ।
प्रथम हुने तुलसी आवासीय माध्यामिक विद्यालय तुलसीपुरले ६ हजार नगद रुपैयाँ, प्रमाणपत्र र ट्रफी, द्वितीय हुने मेचिकाली सेकेन्डरी बोर्डिङ स्कुल घोराहीले ४ हजार पांच सय नगद, प्रमाणपत्र र ट्रफी, र तृतीय हुने जनज्योति विद्या मन्दिर घोराहीले ३ हजार नगद रुपैयाँ, प्रमाणपत्र र ट्रफी हात पारेका छन् ।
न्यू होराइजन अंग्रेजी आवासीय माध्यामिक विद्यालय बुटवलले आयोजना गरेको यस प्रतियोगितामा प्रदेशका वीसवटा निजि तथा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो । विद्यार्थीहरुको व्यक्तित्व विकास गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयका उपप्राचार्य राजीव श्रेष्ठले बताए ।
लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले पढाई बाहेक बाह्य ज्ञान हुन आवश्यक रहेको बताइन ।
यस्तै लुम्बिनी प्रदेशका पाल्पा केन्द्रमा २३, बुटवल केन्द्रमा ५२ र दाङ केन्द्रमा २० वटा निजि तथा सामुदायिक विद्यालय विच हाजिरी जवाफ प्रतियोगिता भएको छ ।
प्रतियोगिताबाट प्रथम र द्वितीय भएको विद्यालयलाई यहि पुस १५ गते बुटवलमा हुने फाइनल प्रतियोगितामा सहभागी गराइने उपप्राचार्य श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया