लुम्बिनी प्रदेश सभा सचिवालयले राप्ती उपत्यका देउखुरीबाट कामकाज थाल्ने

 

 

दाङ । लुम्बिनी प्रदेश सभा सचिवालयको सबै कामकाज राप्ती उपत्यका देउखुरी दाङबाट हुने भएको छ ।

मुकाम बुटवलबाट कार्यसम्पादन हुँदै आएको प्रदेश सभा सचिवालयको सबै कामकाज पुस ११ गतेबाट हुने प्रदेश सचिव दुर्भकुमार पुनले जानकारी दिए।

अबको प्रदेश सभा बैठक र नव निर्वाचित प्रदेश सभा सदस्यको सपथ यहीँ राख्ने योजना छ।

प्रदेश सभा सचिवालयबाट सूचना जारी गर्दै कामकाज स्थायी राजधानीबाट गर्न थालिएको छ ।

प्रदेश सचिव लगायत सचिवालयमा कार्यरत सबै कर्मचारी राजधानी क्षेत्रमा आइसकेका छन् । ५ करोड २० लाखमा प्रदेश सभा भवन तयार भएको हो।

तपाईको प्रतिक्रिया