
भालुवाङ ७ पुस । दाङको राप्ती गाउँपालिका वडा नम्बर ६ पत्थरगढवामा बिहीबार देखि २ दिने उद्घोषणकला तथा नेतृत्व विकास तालिम सुरू भएको छ ।
वडा कार्यालयको आयोजनामा तालिम सुरू भएको हो । वडा अध्यक्ष दिपककुमार चौधरीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष चौधरीले बोल्ने सिपको विकास बिना जिवनको कुनै औचित्य नहुने बताएका छन् । त्यसका लागि उनले हरेक नागरिकमा बोल्ने सिपको विकास र नेतृत्व गर्ने क्षमता हुन आवश्यक रहेको बताएका छन् ।

साथै वडा अध्यक्ष चौधरीले उद्घोषण तथा नेतृत्व गर्ने क्षमता भए मात्र आफू भित्र र समाजको विकास हुने बताउँदै सहभागीहरूलाई अनुशासित पुर्वक तालिममा सहभागी हुन सुझाव दिएका थिए ।
तालिममा वडा अध्यक्ष, सदस्यहरू र युवा, बालबालिका गरि २० जनाको सहभागीता रहेको थियो भने प्रशिक्षकमा देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता रहेका छन् । कार्यक्रमको सञ्चालन वडा सचिव मंगलप्रसाद चौधरीले गरेका थिए ।

तपाईको प्रतिक्रिया