२५७ सांसदले लिए सपथ, १७ अनुपस्थित

काठमाडौं– प्रतिनिधि सभाका २५७ सांसदले सपथ लिएका छन्। बिहीबार संसद् भवन नयाँ बानेश्वरमा आयोजित समारोहमा नवनिर्वाचित सांसदहरुले सपथ लिएका हुन्।

 

सांसदहरुले ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट सपथ लिएका हुन्। जबराले भने बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका थिए।

सपथ ग्रहणमा १७ सांसद अनुपस्थिति भएका थिए। उनीहरुको सपथ पछि हुने बताइएको छ।

तपाईको प्रतिक्रिया