राष्ट्रपतिसमक्ष निर्वाचन आयोगले पेस गर्‍यो निर्वाचन परिणाम प्रतिवेदन 

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधि सभाको अन्तिम निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको छ।

 

आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन बुझाएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम “प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ निर्वाचन परिणाम सहितको प्रतिवेदन पेस गर्नु भयो,’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रदेश सभाको निर्वाचन प्रतिवेदन भने आयोगले पुष २ गते सम्बन्धित प्रदेश प्रमुखसमक्ष बुझाउने बताएको छ।

तपाईको प्रतिक्रिया