निरला अर्याल
निःशुल्क मोतीबिन्दु शल्यक्रिया शिविरमा पहिलो दिन ३ सय ७६ जनाको आँखा जाँच र ६७ जना मोतिविन्दुको शल्यक्रिया भएको छ ।

जन कल्याण क्याम्पस थारमारे सल्यानमा २ दिने निःशुल्क आँखा शिविरमा पहिलो दिन ३ सय ७६ जनाको आँखा जाँच र ६७ जना मोतिविन्दुको शल्यक्रिया भएको नेत्र अधिकृत शालिकराम गौतमले जानकारी दिए ।
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालीत राप्ती आँखा अस्पतालको प्राविधिक सहयोग, नेपाल नेत्रज्योति संघ एकीकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको सहयोग तथा बाघचौर नगरपालिकाको स्थानीय ब्यवस्थापनमा जन कल्याण क्याम्पस थारमारे सल्यानमा २ दिने निःशुल्क आँखा शिविर शुरु भएको हो ।
नेत्रविशेषज्ञ डा सन्तोष सुवेदीको नेतृत्वमा गएको प्राविधिक टोलिले सेवा दिएको हो। साथै शिविर भोलिसम्म सञ्चालन हुने आयोजक सस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया