देउखुरी । लुम्बिनी प्रदेश सरकारले कृषि उपजको बजारीकरणमा देखिएको बिचौलिया नियन्त्रण गर्न कृषि बजार निर्माणमा सहयोग गरेको छ । बितेको पाँच वर्षमा प्रदेशभित्र ९५ वटा कृषि बजार निर्माण भएका छन् तर ती बजारको दीर्घकालीन व्यवस्थापनमा सरकारको निरन्तर सहयोगको खाँचो परेको छ ।

बुटवल जैविक कृषि उपज सहकारी संस्थाले तरकारीको बजारीकरणको साथै गुन्द्रुक, सिन्की, अचार, तितौरा उत्पादन गरेको छ । किसानबाट संकलन गरिएका कृषि उपजका सामग्रीहरु प्रशोधन गरेर उत्पादनलाई बजारसम्म पु¥याउन थालिएको छ तर बजारीकरणको समस्या भने छँदैछ । प्रदेशका सबैजसो कृषि बजारलाई व्यवस्थित गर्दै सहजरुपमा बिक्री वितरणको वातावरण मिलाउन सहकारी संस्थाका अध्यक्ष रामनाथ मालीले आग्रह गर्नुभयो । ‘हामीले किसानबाट खरिद गरेको सामग्रीबाट तितौरा, मस्यौरा, गुन्द्रुक बनायौं तर त्यसलाई बिक्री गर्ने ठाउँ पाएनौं’– उहाँले भन्नुभयो– ‘सरकारको सहयोगमा स्थापना भएका कृषि बजार, सहकारी बजारमा बिक्री गर्न ठाउँ चाहियो ।’
कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशअन्तर्गत रहेको कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र खजुरा बाँकेले गत आर्थिक वर्षमा १८ वटा कृषि बजार स्थापना गरेको थियो । योसँगै प्रदेशभित्र पाँच वर्षको अवधिमा ९५ वटा संकलन केन्द्र, हाट बजार, सहकारी बजार, खुद्रा बजार स्थापना भएका छन् । प्रदेश सरकार र अन्य निकायहरुले स्थापना गरेका बजारको संख्या भने एक सय ८८ रहेको छ तर सबैजसो बजार एकैनासले चलेको अवस्था छैन । कृषि बजार स्थापना गर्न ऐन, नियम र निर्देशिका स्पष्ट नहुँदा पूर्वाधार बने पनि सञ्चालनमा समस्या देखिएको कृषि विकास निर्देशनालयका कृषि अर्थ विज्ञ डिल्लीराज पौडेलले बताउनुभयो । ‘नीतिगत समस्याका कारण व्यवस्थापन र निरन्तर सञ्चालनमा केही बाधा पक्कै छन् । ती बाधाहरु फुकाउन, ऐन, नियम, निर्देशिका तयार पार्नुपर्ने जरुरी छ’– उहाँले भन्नुभयो– ‘निर्देशनालयले यस बारेमा काम गर्छ ।’
कृषि बजारभित्र सूचना प्रणाली कमजोर अवस्थामा छ । दैनिक मूल्य सूची र खरिद बिक्रीको मूल्य सार्वजनिक नहुँदा पनि समस्या देखिने गरेको छ । दैनिक मूल्यसूची सार्वजनिक गरेमा किसान, व्यापारी, उपभोक्ता तथा सरोकारवाला निकाय सबैलाई सजिलो हुने कृषि तथा भूमि व्यवस्था मन्त्रालयका कृषि अर्थ विज्ञ अनुप तिवारीले जानकारी दिनुभयो । ‘कृषि बजारमा सूचना प्रणाली नभएको पायौं । यसमा अब काम गर्नुपर्छ’– उहाँले भन्नुभयो– ‘मूल्यसूची र त्यस बारेमा सबैलाई जानकारी हुन आवश्यक छ ।’
किसानले भोग्दै आएको बजारको समस्या समाधान गर्न किसान र व्यवसायीबीच समन्वयको अभाव छ । किसान व्यवसायीबीच विश्वासको वातावरण बनाउन सके उत्पादन भएको कृषि उपजको बजारीकरणमा देखिएको समस्या हल हुन सक्ने कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र, खजुरा बाँकेका प्रमुख अम्मरराज शर्मा घिमिरेले बताउनुभयो । ‘मुख्य कुरा किसान र व्यापारीको बीचमा समन्वय नहुँदा बजारीकरणमा समस्या देखिएको छ । दुबैलाई एक ठाउँ गराउन थुप्रै प्रयास गरियो । किसान पनि व्यस्त, व्यापारी पनि व्यस्त’– उहाँले भन्नुभयो– ‘किसानले व्यापारीलाई विश्वास गर्ने वातावरण तयार पा¥यौं भने एकखाले समस्या हल हुन्छ ।’ किसानले उत्पादन गरेको कृषि उपजमा बिचौलियाको प्रभाव नियन्त्रण गर्न किसान र व्यवसायीको बीचमा प्रत्यक्ष कारोवार हुने वातावरण तयार पार्न सरोकारवाला निकायले ध्यान दिनुपर्ने देखिन्छ ।
कृषि बजार सञ्चालकहरुसँग अन्तरक्रिया
लुम्बिनी प्रदेश सरकारको अनुदान सहयोगमा निर्माण भएका कृषि बजार सञ्चालकहरुसँग अन्तत्र्रिmया गरिएको छ । भालुबाङमा कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र खजुरा बाँकेले प्रदेशस्तरीय अन्तत्र्रिmया कार्यक्रम आयोजना गरेको हो । प्रदेश सरकारको अनुदान सहयोगमा स्थापना भएका कृषि बजारको दिगोपना र प्रभावकारी कार्यान्वयनका लागि सुझावसहित धारणाहरु संकलन गरिएको छ । कृषि उपज सामग्रीको बजारीकरणको लागि सरकारीस्तरबाट ध्यान दिनुपर्ने सुझावहरु संकलन भएका छन् । कृषि व्यापार प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र खजुरा बाँकेका प्रमुख अम्मरराज घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

तपाईको प्रतिक्रिया