
देउखुरी । मंसिर २८ बुधवार लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका(देउखुरी)दाङमा औपचारिक रूपमा मुख्यमन्त्री कार्यालयको स्थापना हुने भएको छ ।
बुधवार दिउँसो १२ बजे मुख्यमन्त्री कार्यालयमा झण्डोत्तोलन गरी विधिवत रूपमा बुटवलबाट स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा स्थानान्तरण भएको घोषणा हुनेछ ।
मुख्यमन्त्री कार्यालयमा विधिवत रुपमा झण्डोत्तोलनसँगै लुम्बिनी प्रदेश सरकारको कार्य सञ्चालन राप्ती उपत्यका(देउखुरी) दाङबाट प्रारम्भ भएको घोषण हुने मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विकले जानकारी दीए ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यतामा हुने झण्डोत्तोलन कार्यक्रमको सम्पूर्ण व्यवस्थापन मुख्यमान्त्री तथा मन्त्री परिषदको कार्यलयले गर्ने प्रेस संयोजक विकले बताए ।
झण्डोत्तोलन कार्यक्रममा लुम्बिनी प्रदेशका संथापक मुख्यमन्त्री शंखर पोख्रेल, निर्वतमान सभामुख पूर्ण बहादुर घर्तीको समेत उपस्थिती रहने छ ।
तत्कालिन मुख्यमन्त्री शंखर पोख्रेलको नेतृत्वको सरकारले प्रदेश सभाको दुई तिहाइ बहुमतले २०७७ असोज २० गते दाङको राप्ती गाउँपालिकालाई प्रदेश राजधानीको केन्द्र तोकेको थियो । उक्र समयमा मुख्यमन्त्री कुलप्रसाद केसी कानून मन्त्रीका रुपमा रहेका थिए ।
राजधानी व्यवस्थापन मुल समितिका संयोजक तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले झण्डोत्तोलनको सम्पूर्ण तयारी पुरा भएको बताए । ‘हाम्रो सम्पूर्ण तयारी पुरा भएको छ’ अध्यक्ष विष्टले भने ‘हामी राजधानीमा आउने मन्त्री, संसद तथा सम्पूर्ण राष्टसेवक कर्मचारीहरुलाई स्वागत गर्न आतुर छौं ।’
झण्डोत्तोलनको विशेष समारोह हुने हुदा राप्ती गाउँपालिका तथा वडाहरुमा बुधबार अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द रहने अध्यक्ष विष्टले जनकारी दिए ।

तपाईको प्रतिक्रिया