
भालुवाङ । राप्ती अटो इन्जिनियरिङ एसोसिएसन भालुबाङ शाखाको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । प्रेम नारायण खनालको प्रमुख आतिथ्यतामा शनिवार सिद्धेश्वरी मन्दिरमा साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो ।
काशी चौधरीको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनल राप्ती अटो इन्जिनियरिङ एसोसिएसन शाखा भालुबाङ कसरी नयाँ तरिकाले व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा विशेष छलफल भएको थियो ।

भालुवाङ तथा पाखापानीका अटो इन्जिनियरिङ मजदुर तथा व्यवसायीहरुको भेलाले काशी चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति पनि चयन गरेको छ। भेलाले उपाध्यक्षमा पदम चौधरी, सचिवमा चन्द्र थापा, सहसचिवमा महेन्द्र गुप्ता, कोषाध्यक्षमा फत्ते बहादुर थापालाई चयन गरेको छ ।
त्यसै गरी सदस्यहरुमा गोपाल घिमिरे, सर्जु प्रसाद चौधरी, मोहमद शहबुदिन र गोविन्द नगरकोटीलाई चयन गरेका छन् । साधारण सभा तथा अधिवेशनको संचालन सचिव चन्द्र थापाले गरेका थिए ।

तपाईको प्रतिक्रिया