
दाङ–बुटवलबाट लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका(देउखुरी) स्थान्तरण हुदै गर्दा यस क्षेत्रलाई धमाधम सिगाँरिन थालिएको छ ।
राजधानी क्षेत्र राप्ती उपत्यका (देउखुरी) का बजार क्षेत्र तथा मुल सडकहरुमा पर्ने चोकहरुमा स्वागत गेट निर्माण, प्रतिक्षालय रंगरोगन र सरसफाइ गर्ने काम धमाधम भइरहेको राप्ती गाउँपालिकाका अध्यक्ष तथा राजधानी व्यवस्थापन मुलसमितिका संयोजक प्रकाश विष्टले जानकारी दिए।

राजधानीको मुख्य द्धारको रुपमा रहेको भालुवाङ बजार स्थित भालुवाङको क्यारी रंगरोहन तथा सरसफाईमा होटल पौवा जुटेको छ ।

होटल पौवाले उक्त क्यारीमा रगंरोहन तथा सरसफाईमा जुटेको होटल पौवा भालुवाङका म्यानेजर श्याम न्यौपानेले बताए । ‘हामी पनि सामाजिक उत्वरदायित्व बहन गर्दै राजधानी क्षेत्रमा रगंरोहन तथा सरसफाईमा जुटेका छौं ।’ न्यौपानेले भने ‘सम्पूर्ण राजधानीबासीको साथमा आफुहरुपनि राजधानी क्षेत्रमा आउने पाउनाहरुलाई स्वागत गर्न आतुर रहेको छौं ।’

राजधानी क्षेत्रका मुख्य बजारहरु विशेष गरि भालुवाङ बजार, लालमटिया, मौरीघाट, पिपरी, सिसहनियाँ बजार लगायतका क्षेत्रमा स्वागत गेटहरू निर्माण गरिएका छन् । त्यसैगरी प्रतिक्षालयहरू पनि रंगरोगन गरेर लुम्बिनी प्रदेशमा हार्दिक स्वागत छ भनेर लेखिएको छ ।
भालुवाङ बजारमा रहेको प्रतिक्षालय र मुख्यमन्त्रीको कार्यालय लगायत विभिन्न मन्त्रालयको प्रवेश द्धारमा रहेको प्रतिक्षालयको रगंरोहन राप्ती हार्डवयर र पश्चिमाञ्चल मार्वलले गरेको होम प्रसाद शर्माले जानकारी दिए ।

प्रतिक्षालयहरू रंगरोगन तथा स्वागत गेट बनाउने कार्य विभिन्न संघ संस्थाले गरिरहेको सरसफाइ तथा सौन्दर्यकरण उपसमितिका संयोजक श्यामेश चौधरीले बताए ।
जिम्मेवारी अनुसार राप्ती उद्योग वाणिज्य संघ, सिसहनियाँ उद्योग वाणिज्य संघ, राप्ती गाउँपालिका चेम्बर अफ कमर्स र भालुवाङ होटल व्यवसायी समितिहरूसँगको सहयोग तथा समन्वयमा राजधानी सिगार्ने काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया