राप्ती गाउँपालिकाको कानुनी सल्लाहकारमा बेल्बासे र प्रेस परामर्शदातामा कँवर नियुक्त

राप्ती गाउँपालिकाले कानुनी सल्लाहकार र प्रेस परामर्शदाता नियुक्त गरेको छ । शुक्रबार बसेको कार्यपालिकाको बैठकले गाउँपालिकाको कानुनी सल्लाहकारमा राप्ती गाउँपालिका २, बराखुट्टी निवासी अधिबक्ता हरि बेल्बासे र प्रेस परामर्शदातामा राप्ती गाउँपालिका ५, कालापानी निवासी तुल बहादुर कँवर मगरलाई नियुक्त गर्ने निणर्य गरेको हो ।

 

राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टको अध्यक्षतामा बसेको गाउँ कार्यपालिका बैठकले भालुवाङ नगर विकास समितीको सदस्य समेत मनोनित गरेको छ । पालिकाले राप्ती गाउँपालिका १, पुल्चोक निवासी टपराज आचार्य र सोही ठाउँ निवासी बिजुला केसीलाई मनोनयन गरिएको राप्ती गाउँपालिकाका प्रबक्ता तथा २ नम्बर वडा अध्यक्ष पहलवान चौधरी(अनुप)ले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया