दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी मुख्यमन्त्री निवासमा सरेका छन्। शुभ साइत हेरेर मुख्यमन्त्री केसी शुक्रबार निवासमा सरेका हुन्।

साविक राप्ति प्राविधिक शिक्षालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र निवास तयार पारिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको औपचारिक सेवा सुरु गर्ने योजना रहेको छ। तर, केसी निवासमा भने शुक्रबार बिहन ९ बजे सरेका हुन्। मुख्यमन्त्री गृहप्रवेशको समाचार संकलन गर्न पुगेका पत्रकारलाई भने रोक लगाइएको थियो।
मुख्यमन्त्री केसीको सचिवालयबाट सूचना पाएर समाचार संकलनमा बिहान ८ बजे नै पुगेका पत्रकारलाई मुख्यमन्त्री आफैले तपाईंहरुलाई कसले बोलायो ? भन्दै समाचार संकलनमा पुगेका पत्रकारलाई रोकेका थिए।
२०७७ साल असोज २० मा प्रदेश सभाको दुई तिहाइ बहुमतले राजधानीको टुंगो लगाएको थियो। निर्णय भएको २ वर्ष २ महिनापछि मुख्यमन्त्री कार्यालय दाङको देउखुरी सरेको हो। अन्य मन्त्रालयसमेत स्थापनाको तयारी भइरहेको छ।

तपाईको प्रतिक्रिया