राजधानी सरेको होइन, स्थापना गरिएको होः मुख्यमन्त्री

 

 

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधान कार्यान्वयनमा लुम्बिनी प्रदेश अब्बल सावित भएको बताउनु भएको छ ।

जिल्ला समन्वय समिति दाङले राप्ती गाउँपालिकामा आयोजना गरेको राजधानी व्यवस्थापन सम्वन्धित बैठकलाई सम्वोधन गर्दै मुख्यमन्त्री केसीले प्रदेशको नाम र राजधानी तोक्ने, त्यसलाई कार्यान्वयन गर्ने बिषयमा लुम्बिनी प्रदेश अब्बल सावित भएको बताउनु भएको हो । ‘म दावाका साथ भन्न सक्छु नेपालको संविधान कार्यान्वयन गर्ने प्रदेशमा हामीले ईतिहाँसमा नाम दर्ज गरिसक्यौं’ उहाँले भन्नुभयो, ‘संविधानको कार्यान्वयन मुल बिषय हो ।’

मुख्यमन्त्री केसीले राजधानी सारिएको नभई स्थापना गरिएको बताउनु भयो । ‘गलत हल्ला फिजाईदै छ । राजधानी सारेको होइन, स्थापना गरिएको हो’ उहाँले भन्नुभयो, ‘राजधानी ल्याउने र फर्काउने बिषय होइन । यो टुंगिसकेको बिषय हो । यो सरेको होइन, स्थापना गरेको कुरा हो ।’

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्थापना गरेर राजधानी कार्यान्वयनलाई गति दिएको भनाई उहाँको छ । बैठकमा स्वाथ्य मन्त्री इन्द्रजीत थारु, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार अम्बरबहादुर डाँगी लगायतको सहभागीता थियो । बैठकको बिषय प्रवेश समन्वय प्रमुख नित्यानन्द शर्माले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले गर्नु भएको थियो । बैठकको सहजीकरण राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेवबहादुर वलीले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया