दाङ-राप्ती गाउँपालिका-२ निवासी राजकुमार आचार्यले अज्ञात व्यक्तिले फाेन गरेर ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षाकाे माग गरेका छन् ।

शुक्रबार बेलुका एक प्रेस बिज्ञप्ति जारी गर्दै आचार्यले ९८१०८२३४३९ नम्बरको फाेनबाट आफुलाई ज्यान मार्ने धम्की आएकाे भन्दै दाेषि पत्ता लगाएर कारबाहीकाे माग गर्नु भएको हाे ।
बेलुका ६:२५ मा फाेन गरि चुरीफुरी धेरै भयाे, चुनाव पछि भेट हुन्छ त्याे नै अन्तिम दिन हुन्छ भन्दै धम्की आएकाे आचार्यले बताए । तेरो आज भोली धेरै चुरीफुरी छ । हाम्रो लिस्टमा एमालेको तर्फबाट यो क्षेत्रमा पहिलो नम्बरमा तेरो नाम छ, आज भोली तेरो परिवारमा रमा, मिठो मसिनो खा चुनाव पछि तँ सिधै माथि जान्छन् जस्ता धम्की आएको आचार्यले बताए ।
आचार्य नेकपा एमाले राप्ती गाउँ कमिटि सचिवालय सदस्य रहेका छन् ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लिएर परिवारका सदस्यलाई समेत ज्यान मार्ने धम्की आएकाे भन्दै सुरक्षाकाे माग गर्नु भएको हाे ।

यसै बीच नेकपा एमाले राप्ती गाउँपालिका कमिटिले पनि एमाले नेता आचार्य माथि ज्यान मार्ने धम्कीको खेद प्रकट गरेको छ । पार्टीका राप्ती गाउँ कमिटि सचिव भरतमणी न्यौपानेले एक प्रेस विज्ञप्ती जारी गरी दोषी पत्ता लगाई कडा भन्दा कडा कारवाही गर्न स्थानीय प्रशासन सँग माग गरेका छन् ।


तपाईको प्रतिक्रिया