सहरी विकास मन्त्रालयका सचिव सुटुक्क देउखुरीमा, राती नै होटल छाडी भागे (अपडेट)

 

 

दाङ–सहरी विकास मन्त्रालयका सचिव डाक्टर रमेश सिंह सहितको एक टोली राती नै होटल छाडी भागेका छन् । मतदाता प्रभावित गर्नेगरी निर्वाचन क्षेत्रमा प्रवेश गरेको भन्दै उनी बसेको होटल एमालेका कार्यकर्ताले घेराउ गरेका थिए ।

‘मन्त्रीले सचिव मार्फत पैसा बुझ्ने र चुनावमा मतदाता प्रभावित गर्न त्यो पैसा वितरण हुने देखेपछि हामी बिरोधमा उत्रिएका हौं’ एमालेका एक जना कार्यकर्ताले भने– ‘चुनाव हुने बेला मन्त्रालयका सचिव, कर्मचारी किन यता आउनु पर्यो ।’

सचिव सिंह सहितको टोली राती १ः३० मा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा होटल छाडेका छन् ।

आचारसंहिता लागु भएको अवस्थामा मन्त्रीको निर्वाचन क्षेत्रमा किन आउन भयो भन्ने हाम्रो प्रश्नमा सचिव सिंहले मेरो ५ गते रिटायर भएको हुदा मन्त्रीलाई भेट्न आएको प्रतिकृया दिएका छन् ।

सचिव सिंह सहितको टोली होटलबाट प्रदेश ३ १०–०२२च ३४९९ नं. स्कारपियो गाडीमा बहिरिएका छन् ।

तपाईको प्रतिक्रिया