मतदान केन्द्रमा आइपुग्यो मतपेटिकाहरु

 

 

लोकु भुसाल, देउखरी । मङ्सिर ४ गते हुन गइरहेको संघ र प्रदेशको निर्वाचनका लागि लुम्बिनी प्रदेशको राजधानी भालुवाङ स्थित राप्ती गाउँपालिका १ पुलचोक स्थित स्वर्गद्वारी प्राथमिक तथा गृहणीमहिला आधारभूत विद्यालयमा मतपेटिका सहित निर्वाचन आयोगका कर्मचारीहरू आइपुगेका छन् ।

उक्त केन्द्रमा जनपथ प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग लगायतका सुरक्षा निकायको बाक्लो उपस्थिति समेत रहेको छ । सुरक्षा अवस्था बारे स्थलगत अध्ययन गर्न जिल्ला प्रहरी कार्यालय दाङका नायव उपरीक्षक समेतको उपस्थिति रहेको थियो भने नेपाली सेना बाहिरी घेरामा चौबिसैं घण्टा गस्तीमा रहने छन् ।

प्रदेश राजधानी प्रवेश द्धारका रुपमा रहेको भालुवाङ क्षेत्रका मतदाताहरू मङ्सिर ४ गतेको निर्वाचनका लागि तिव्र प्रतीक्षामा रहेका छन् ।

तपाईको प्रतिक्रिया