दाङ-सहरी विकास मन्त्रालयका सचिव डाक्टर रमेश सिंह सहितकाे एक टाेली मतदाता प्रभावित गर्नेगरी निर्वाचन क्षेत्रमा प्रवेश गरेकाे भन्दै उनी बसेकाे हाेटल घेराउ गरिएको छ ।

नेकपा एमालेका कार्यकर्ताले सचिव बसेकाे हाेटल घेराउ गरेका हुन ।`मन्त्रीले सचिव मार्फत पैसा बुझ्ने र चुनावमा मतदाता प्रभावित गर्न त्याे पैसा वितरण हुने देखेपछि हामी बिराेधमा उत्रिएका हाैं´एमालेका एक जना कार्यकर्ताले भने-`चुनाव हुने बेला मन्त्रालयका सचिव, कर्मचारी किन यता आउनु पर्याे । उतै मन्त्रालय बसे भएन ।´
सचिव आउनुकाे कारण बारे अनुसन्धान गर्न निर्वाचन अधिकृतकाे कार्यालयकाे ध्यानाकर्षण गराइएको छ । यस बारेमा सुक्ष्म अध्ययन भइरहेको जनाएको छ । चुनाव हार्ने निश्चित भएपछी पैसा बाडेर मतदाता प्रभावित गर्न खाेज्ने रणनीति अन्तरगत सचिव सहितकाे टाेलि राति हाेटलमा आइपुगेकाे एमालेकाे दावी छ । 
एमालेका कार्यकर्ता हाेटल पुगेपछि बा. २ झ. २९५७ नम्बरकाे सरकारी गाडी हाेटलबाट बाहिरीएकाे छ भने सचिव लगायतका टाेली भने हाेटलमै रहेका छन् ।
हाेटलकाे काेठा नं ३०८, ४०२, ४०३ र ४०८ लिएर सरकारी टाेली बसेका छन् । सचिव सिंह सँग सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेन ।

तपाईको प्रतिक्रिया