देउखुरीको बिकासको जिम्मा हामी लिन्छौः शान्ता चौधरी

 

 

 

देउखुरी । आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा नेकपा एमालेकी पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा दाङ क्षेत्र नम्बर १ की उम्मेदवार शान्ता चौधरीले समग्र देउखुरीको बिकासको लागि आफुहरुले जिम्मा लिने बताएकी छन् ।

शुक्रबार विभिन्न ठाँउमा भएका चुनाबी कार्यक्रमहरुलाई सम्बोधन गर्दै चौधरीले सो कुरा बताएकी हुन ।

पहिला जितेका उम्मेदवारहरुले यहाँको बिकासको लागि कुनै काम नगरेको भन्दै जनतामा रहेको आक्रोश लाई आफुहरुले सम्बोधन गर्ने बताएका हुन । अहिलेको निर्वाचनमा एमालेले जितेमा मात्र देउखुरीको विकास हुनुको साथै राजधानी देउखुरीमा आउने ठोकुवा गरेकी छिन् । देउखुरीको राप्ती गाउँपालिकाका विभिन्न ठाउँमा भएको छुट्टाछुट्टै चुनाबीसभालाई सम्बोधन गर्दै उनले यस्तो ठोकुवा गरेकी हुन् ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी घोषणा गर्ने पनि एमाले र अस्थायी मुकाम बुटवलबाट स्थान्तरण गर्ने पनि एमाले भएकोले राजधानी स्थानन्तर, कार्यान्वयन र जग्गा फुकुवाका लागि एमालेलाई जिताउनुको बिकल्प नभएको बताइन् । उम्मेदवार चौधरीले राजधानी कार्यान्वयनको मुख्य बाधक गठबन्धन भएकोले अहिले सम्म राजधानी स्थानन्तरण हुन नसकेको आरोप लगाइन् ।

राप्ती गाउँपालिकाका विभिन्न चार ठाउँमा भएका चुनाबीसभाहरुलाई सम्बोधन गर्दै उम्मेदवार चौधरीले अहिले गठबन्धन भित्रको प्रमुख दल नेपाली काँग्रेसले बुटवलमा राजधानी सार्नेलाई हराउनुपर्छ भन्दै खुलेयाम प्रचार गरिहेकोले यसबाट के प्रष्ट हुन्छ भने गठबन्धनले कुनैपनि हालतमा देउखुरीमा राजधानी नल्याउने र आउन नदिने पक्षमा रहेको प्रष्ट भइसकेकोले अब बहुमत सहितको एमालेको सरकार बन्न आवश्यक रहेको बताइन् ।

चौधरीले एमाले सरकारकै कारण देउखुरीले राजधानी पाएको भन्दै राजधानी कार्यान्वयन गर्ने जिम्मा र अधिकार पनि एमालेकै भएकोले केन्द्र र प्रदेशमा एमालेको एकल बहुमतको सरकार बने मात्र राजधानी कार्यान्वयन सम्भव हुने बताउँदै एमालेका उम्मेदवारहरुलाई बिजय बनाउन आग्रह गरिन् ।

तपाईको प्रतिक्रिया