
दाङ–नेकपा माओवादी केन्द्र लमही नगरपालिका वडा नम्बर १ का इञ्चार्ज घनश्याम खनाल नेकपा एमाले प्रवेश गर्नु भएको छ ।
नेकपा एमाले वडा नम्बर १ कमिटीले सुन्डबरीमा आयोजना गरेको कार्यक्रममा माओवादीका वडा इञ्चार्ज तथा युवा नेता खनाल एमाले प्रवेश गर्नु भएको हो । माओवादी भित्र चरम नातावाद, कृपावाद हावि भएको र कम्युनिस्ट आन्दोलनको नेतृत्व माओवादीले गर्न नसक्ने भन्दै उहाँ एमाले प्रवेश गर्नु भएको छ ।
खनाल सहित इन्द्रबहादुर थापा र लालबहादुर परियार पनि एमाले प्रवेश गर्नु भएको हो । नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शान्ता चौधरी, नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य रेवतीरमण शर्मा, प्रदेश सभा सदस्य पदका उम्मेदवार कुलबहादुर केसी लगायतले खनाल सहित अन्य व्यक्तिलाई पार्टीमा स्वागत गर्नु भएको छ ।

एमाले भित्र नयाँ र पुरानो भनेर कुनै विभेद नहुने भन्दै सम्मान पूर्वक जिम्मेवारी तथा अवसर प्रदान गरिने जानकारी गराइएको छ । कार्यक्रम वडा कमिटी अध्यक्ष चेतकान्त खनालको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय अनुशासन आयोग सदस्य सरस्वती गौतम, प्रदेश कमिटी सदस्य नारायण डिसी छम्पाली, जगतप्रसाद पोख्रेल, क्षेत्रिय संयोजक सहजराम यादव लगायतको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया