मकवानपुर– २ का उम्मेदवार खतिवडामाथि कुटपिट

काठमाडौं– पूर्वमन्त्री विरोध खतिवडामाथि कुटपिट भएको छ। उनी मकवानपुर–२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन्।

 

मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा एकीकृत समाजवादीका नेता खतिवडामाथि कुटपिट भएको प्रहरीले जनाएको छ।

कार्यक्रमस्थलमा पुगेका खतिवडालाई गाडीबाट झर्ने बितिक्कै हातपात भएको हो।

हातपात गर्ने हेटौंडा उपमहानगरपालिका–२ का अन्दाजी ५५ वर्षीय पुरुषोत्तम खड्का भएको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया