
भालुवाङ । राप्ती प्रेस मञ्चले बिहीबार भालुवाङमा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सँग निर्वाचन विशेष बहस गरेको छ । दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएका सवै उम्मेदवारहरूलाई एकै थलोमा राखेर बहस गरेको हो ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी एजेन्डा लिएर चुनावी मैदानमा होमिएका उम्मेदवार सँग उनीहरूको एजेन्डा सुन्न र सर्वसाधारणको प्रश्न तथा जिज्ञासा मेटाउन कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार मेटमणी चौधरी र नेकपा एमालेका उम्मेदवार शान्ता चौधरी भने कार्यक्रममा नआएपनि अन्य साना दल र स्वतन्त्र उम्मेदवारको सहभागीता रहेको थियोे ।
कार्यक्रम सहभागीहरूले ५ वर्ष भित्र के के काम गरेको र आगामी कार्यक्रम तथा के कस्ता एजेन्डा छ भन्ने विषयमा जिज्ञासा राखेका थिए । भने उम्मेदवारहरूले दाङको देउखुरीमा मेडिकल कलेज, दिर्घकालिन राप्ती तटबन्ध, गुणस्तरीय शिक्षा, कृषि तथा विकास निर्माणका योजना अगाडि सारेको बताएका थिए ।
कार्यक्रममा हाम्रो नेपाली पार्टीका उम्मेदवार गंगा चौधरी, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरूहटकी उम्मेदवार रूक्मणी चौधरी र मंगोल नेशनल अग्रनाइजेशनका उम्मेदवार शोभाराम बुढाको सहभागीता रहेको थियोे ।
मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा विषय वस्तु बारे जानकारी मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताले गरेका थिए भने कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ दाङका सहसचिव दशरथ घिमिरेले गरेका थिए । कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

तपाईको प्रतिक्रिया