दाङ १ मा बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी घोषणा पत्र सार्वजनिक

देउखुरी । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को दाङ क्षेत्र नं. १ मा बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी घोषणा पत्र बिहिबार सार्वजनिक गरिएको छ ।

 

नेपाली कांग्रेस क्षेत्र नं. १(क) का सचिव सुरज खड्काको अध्यक्षतामा बाम लोकतान्त्रिक गठबन्धनले राप्ती उद्योग वाणिज्य संघको सभाहल भालुवाङमा पत्रकार सम्मेलन गरी चुनावी घोषण पत्र सार्वजनिक गरेको हो ।

एकिकृत समाजवादीका जिल्ला कमिटि सचिवालय सदस्य भुपमाण्डव केसी, नेपाली कांग्रेसका सुरज खड्का, नेकपा माओवादी केन्द्रका जगत थापा र टपराज आचार्यले संयुक्तरुपमा घोषणा पत्र सार्वजनिक गरेका हुन्।

घोषणापत्र सार्वजनिक गर्दै नेकपा एकिकृत समाजवादीका जिल्ला कमिटि सचिवालय सदस्य भुमाण्डव केसीले बाम गठबन्धनको घोषणापत्र चुनाव लड्नका लागि मात्र नभएर देश बनाउन ल्याएको घोषणापत्र भएको बताए । गठबन्धनको घोषणापत्र सर्वोत्कृष्ट घोषणापत्र भएको दाबी उनको छ।

घोषणा पत्र सार्वजनिक कार्याक्रमको सहजिकरण एकिकृत समाजवादिका प्रदेश समिटि सदस्य अर्जुन अधिकारीले गरेका थिए ।

बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट दाङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा शहरी विकास मन्त्री तथा एकिकृत समाजवादीका मेटमणी चौधरी तथा प्रदेश सभामा १(१) बाट माओवादीका इन्द्रजित थारु र १(२) बाट कांग्रेसका अनुराग खड्काको उम्मेदवारी रहेको छ ।

घोषण पत्रका मुख्य मुख्य बुदाहरु

  • देउखुरी विकासको आधारः प्रदेश राजधानीको विस्तार
  • राप्ती करिडोरको निमार्णः देउखुरीका लागि बरदान
  • नयाँ प्रविधिमैत्री सवारीःपोडवेको निर्याण लमही स्वर्गाद्धारी
  • दाङमा विकासको बहारः जनतालाई सुरुङ मार्ग उपहार
  • शिक्षा, खेलकुद र स्वास्थ्यका सुधारः जनताका मौलिक हक अधिकार
  • कृषि, पशु र वनः दाङ देउखुरीको धन
  • कुलो नहर तथा सिंचाई व्यवस्थापनः आधुनिक कृषिको दिगोपन
  • स्वच्छ खानेपानी तथा सरसफाईको आवश्यकताः बाम लोकतान्त्रिक गठबन्धनको प्रतिवद्धता
  • आन्तरिक तथा वाह्य पर्यटन विस्तारः रोजगारिको आधार
  • एउटै देउखुरी निर्माणको आधारः उत्तर दक्षिण सडक सञ्जालको विस्तार
  • प्रदेश राजधानीको गौरवताः राप्ती नदिको सौन्दर्यता
  • सबै जनताको पँहुचको आधारः मितव्ययी सूचना तथा सञ्चार
  • हामी सबैको समीक्षाः महिला सशक्तिकरण, सुशासन तथा परिष्कृत सामाजिक सुरक्षा
  • सबै पक्षको साझेदारिताः निजी क्षेत्रको आवश्यकता
  • राष्टको अग्रगामी गतिः स्वतन्त्र परराष्ट नीति

घाेषणापत्रकाे पूर्ण पाठ

तपाईको प्रतिक्रिया