दोलही खोला तटबन्ध भएपछि आधा दर्जन गाउँ सुरक्षित

 

 

दाङ देउखुरीमा दोलही खोला तटबन्ध भएपछि हरेक वर्ष बाढीबाट हुने डुबान तथा कटानको समस्या समाधान भएको छ । आधादर्जन बस्ती सुरक्षित भएका छन् भने खोलाले कटान गरेर बगरमा परिणत भएको जग्गा उकासिएको छ । यो महत्वपूर्ण कामको समुदाय स्तरबाट नेतृत्व दाङ क्षेत्र नं. १(१)बाट नेकपा एमालेका प्रदेशसभा सदस्यका उम्मेदवार गंगाराम भट्टराईले गरे ।

सबैको साथ सहयोग र समर्थनबाट अघि बढ्ने हो भने जस्तो सुकै काम पनि सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण दोलही खोला तटबन्धबाट लिन सकिन्छ ।

दोलही खोलामा आएको बाढी र यसले निम्त्याएको समस्याको बारेमा बारम्वार काठमाण्डौं डेलिगेसन धाएपछी सरकारले बहुबर्षिय योजना स्विकृत गरेपछी बृहत तटबन्धको बाटो खुलेको थियो । अहिले त्यही तटबन्धले गाउँ तथा बस्ती सुरक्षीत भएपछी नागरिकहरु ढुक्कले निदाउन सक्ने भएका छन ।

कुनै समय लगातार पानी प¥यो भने खोलामा उर्लने बाढीले त्रास थप्थ्यो । रातभरी निदाउन सकिदैन्थ्यो । खोलामा आउने बाढीको डुबान र कटानको चपेटामा परेर पिडित भएका स्थानीय बृहत तटबन्धपछी खुसी भएका छन् । पिपरी देखी डोढहीसम्म करिब करिब ११ किलोमिटर क्षेत्र तटबन्ध भएको छ । डुबान र कटान नियन्त्रण गर्न बृहत तटबन्ध कार्यक्रम लागु भएपछी कालापानी, कोहलुवा, लठ्ठहवा, पहरुवा, सिंगे, डोडही लगायत आधा दर्जन गाउँ सुरक्षित भएका छन् ।

जनस्तरको पहलबाट दोलही खोलामा तटबन्ध सुरु भएको हो । स्थानीय स्तरबाट भएको पहलले सार्थकता पाएपछी बहुबर्षिय कार्यक्रम स्विकृत गरेर तटबन्ध लागु भएको थियो । दोलही खोला तटबन्धमा सरकारको झण्डै ५० करोड लगानी लागेको छ ।

तपाईको प्रतिक्रिया