दाङमा लाग्यो माओवादीलाई अर्को धक्का, प्रदेश सभा कमिटि संयोजक अधिकारीले छाडे पार्टी

 

 

दाङ– नेकपा माओवादी केन्द्र दाङ निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा कमिटि १ का संयोजक धर्मराज अधिकारीले साधारण सदस्य समेत नरहनेगरी पार्टी परित्याग गरेका छन् ।

बुधवार एक प्रेस विज्ञप्ती जारी गर्दै अधिकारीले माओवादी परित्याग गरेको घोषणा गरेका छन् । २०७० साल देखी माओवादी पार्टीको राजनीतिमा सक्रिय रहेका अधिकारी हाल प्रदेश कमिटि सल्लाहकार र क्षेत्र नं. १(१)को संयोजक रहनु भएको थियो ।

हाल माओवादीले अंगिकार गरेको नीति र विचार संग असहमत जनाउदै पाँच दलिय गठबन्धनको पक्षमा मतदान गर्न नसक्ने घोषणा सहित अधिकारीले राजिनामा दिएका हुन् ।

 

तपाईको प्रतिक्रिया