
काठमाडौं– शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ।
१०३ वर्षीय जोशीको उपचारका क्रममा आज बिहान ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल अस्पतालमा निधन भएको हो। उनको जन्म वि. सं. १९७७ बैशाख ३० भएको थियो ।
बिहान ७ बजेर ९ मिनेटमा उनको निधन भएको अस्पतालले जनाएको छ। जोशीलाई मुटु र प्रोष्टेटको समस्या थियो। कमजोरी बढेपछि जोशीलाई असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो।
रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो। सुरुमा केही सुधार देखिए पनि पछिल्लो केही दिनयता उनको स्वास्थ्य गम्भीर बन्दै गएको थियो।
जोशीले वि. सं. २०१३, वि. सं. २०१७ र वि. सं. २०२८ मा मदन पुरस्कार पाएका थिए । उक्त पुरस्कार ३ पटक पाउने उनी एक मात्र व्यक्ति हुन्।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया