
निरला अर्याल
तुलसीपुर। ‘आँखालाई माया गरौँ’ (लभ योर आई) भन्ने नाराका साथ देशविदेशमा विभिन्न संघसंस्थाहरुले विभिन्न कार्यक्रमका साथ विश्व दृष्टि दिवस माइएको छ । हरेक वर्ष अक्टोवर १३ मा विश्व दृष्टि दिवस मनाउने गरिन्छ ।
सन् १९९८ देखि विश्व स्वास्थ्य संगठन तथा अन्धोपन न्यूनीकरण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संगठन इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस —आईएपिबीले संयुक्त रुपमा यो दिवस मनाउन सुरु गरेका थिए ।
त्यसैविच नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालमा विश्व दृष्टि दिवसको अवसरमा निःशुल्क चश्मा वितरण गरि मनाएको छ । अस्पताल प्रशासनिक समितिका संयोजक चिरञ्जीवि रिजालको अध्यक्षता एव नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्र बहादुर खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले आँखा हाम्रो शरिरको महत्वपूर्ण अंग भएको भन्दै आँखा लाई सबैले माया गर्नुपर्ने बताएका थिए ।
सहभागीहरुले समुदायमा दृष्टि बिहिनताले गरिबी बढाउने, आँखा स्वास्थ्य राम्रो भएमा पारिवारिक आम्दानी बृद्धिमा मद्धत गर्ने, स्वस्थ्य दृष्टिले समावेशी आर्थिक वृद्धि, रोजगारी र जीवनस्तरलाई प्रवद्र्धन गर्ने, सडक दुर्घटनाबाट हुने मृत्यु कम गर्ने बताएका थिए । सो अवसरमा नेपाल नेत्रज्योति संघका सचिव खड्काले प्रत्येक पालिकामा आँखा उपचारका लागि सचेतना हुनुपर्ने र त्यसको अगुवाई जनप्रतिनिधिले गर्नुपर्ने बताए ।
कार्यक्रममा अस्पतालका मेसु डा. सन्तोष सुवेदी, एकेडेमीक प्रमुख डा. सुरेश रसाइली, प्रशासक किरण पौडेल, तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का वडा सदस्य शोभाराम भण्डारीलगयातले आँखा जस्तो अंगको हेरचाह र उपचार समयमै गराउनु पर्ने भन्दै अन्धोपन हुन वाट सवै बच्नु र बचाउनु पर्ने भन्दै दिवसको शुभकामना दिएको सूचना अधिकारि बालाराम खड्काले जानकारी दिए ।
सो अवसरमा ४० वर्षका माथिका विभिन्न व्यक्तिहरुलाई नजिकको चश्मा वितरण गरिएको थियो । कामकाज गर्दा नजिकको बस्तु हेर्ने सहयोग मिलोस भन्ने हेतुले १ सय ५० बढीलाई हेल्पीङहेनडको सहयोगमा पावरवाला चश्मा वितरण गरिएको नेत्र अधिकृत शालिकराम गौतमले जानकारी दिएका छन्।
त्यसैविच छन्द कालेबाबु नारायणी आँखा अस्पतालमा पनि दृष्टि दिवसको अवसरमा चश्मा वितरण गरिएको छ । दिवसको अवसरमा करिव एक सस जनालाई निःशुल्क नजिकको चश्मा लगाउनु पर्ने व्यक्तिहरुलाई चश्मा वितरण गरिएको छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जका प्रशासकिय अधिकृत जसराज विश्वकर्माले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया