प्रधानमन्त्रीले हटाए जसपाका चार मन्त्री

काठमाडौं । सरकारले जनता समाजवादी पार्टीका चार मन्त्रीलाई पदबाट हटाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई बिहीबार पदमुक्त गरेकी छन्।

 

यसरी पदमुक्त हुनेमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादव छन्।

नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (ख) बमोजिम मन्त्रीहरुलाई पदमुक्त गरि उनीहरूले सम्हालेका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री देउवालाई नै दिइएको राष्ट्रपति कार्यालयले बताएको छ।

जसपा नेता उपेन्द्र यादवले सत्तारुढ गठबन्धनमा रहँदारहँदै प्रमुख विपक्षी नेकपा एमालेसंग चुनावी तालमेल गरेपछि प्रधानमंत्री देउवाले उक्त दलका मन्त्रीहरुलाई सरकारबाट बर्खास्त गरेका हुन्।

 

तपाईको प्रतिक्रिया