राप्ती नदीको बगरमा कुहिएको अवस्थामा बालिकाको शव फेला

देउखुरी । दाङको देउखुरी स्थित राप्ती नदीको बगरमा कुहिएको अवस्थामा एक वेवारिसे बालिकाको शव फेला परेको छ ।

 

बुधबार बेलुका ४ बजेको समयमा गढवा गाउँपालिका वडा नम्वर २ महादेवा स्थित राप्ती नदीको पुल नजिक बगरमा शव फेला परेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

अन्दाजी १५/१६ वर्षकी देखिने बालिकाको पहिचान नखुलेको इलाका प्रहरी कार्यालयकी प्रहरी निरिक्षक रञ्जु केसीले बताइन । प्रहरी निरिक्षक केसीले भनिन् ‘राप्ती नदीको बाढीले बगाई ल्याएको हुन सक्छ, बगाएर ल्याएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।’

शवलाई घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया