
दाङ । नेकपा एमालेले तीन निर्वाचन क्षेत्र रहेको दाङमा पार्टी महासचिव शंकर पोखरेल, पूर्व सांसदहरू कोमल वली तथा शान्ता चौधरीलाई प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष उम्मेदवारमा टिकट दिएको छ ।
दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट शान्ता चौधरी, क्षेत्र नम्बर २ बाट शंकर पोखरेल र क्षेत्र नम्बर ३ बाट कोमल वलीले टिकट पाएका हुन् ।
क्षेत्र नं २ मा महासचिव पोखरेलको एकल नाम सिफारिस भए पनि क्षेत्र नं १ र ३ बाट तीन तीन जनाको नाम सिफारिस भएको थियो ।
क्षेत्र नं १ मा गंगा चौधरीले टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया