
देउखुरी । शहरी विकास मन्त्री मेटमणि चौधरीले कानुनी शासनको धावा बोल्ने र दुई–दुई पटक संबिधान सिध्याउन खोज्ने शक्तिहरूसँग बदला लिने दिन मंसिर ४ गते भएको बताए ।
नेकपा एकिकृत समाजवादी क्षेत्रिय कमिटी क्षेत्र नम्बर १, देउखुरी दाङले सोमबार देउखुरीको लमहीमा आयोजना गरेको नेपालीहरूको महान् चाड बडादशैँ, दीपावली, छठ तथा नेपाल संवत ११४३ को पावन अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बिशिष्ट अतिथीको आसनबाट बोल्दै पार्टीका केन्द्रिय सदस्य समेत रहेका मन्त्री चौधरीले अहिलेको निर्वाचनबाट प्रतिगमन शक्तिहरुलाई पत्तासाप गर्ने चेतावनी समेत दिए ।
नेकपा एकिकृत समानवादी पार्टीका केन्द्रीय सचिव भागवत विश्वासीले मंसिर ४ गतेको निर्वाचन प्रतिगमनका बिरूद्ध र लोकतन्त्र रक्षाका लागि रहेको बताएका छन् । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका विश्वासीले कुनै कारण बस संसदमा प्रतिगमनको बलियो उपस्थिति रह्यो भने फेरि लोकतन्त्र, संबिधान र उपलब्धी खतरामा पर्ने भन्दै लोकतन्त्रको रक्षाका लागि जनआन्दोलनमा जानु पर्ने अवस्था आउन सक्ने बताए ।
पार्टीका क्षेत्रिय कमिटी अध्यक्ष गणेशकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री चौधरीका प्रमुख स्वकीय सचिव भुमाण्डप केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजीत थारु, लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरी, नेपाली काँग्रेसका घनश्याम सुवेदी, नेकपा माओवादी केन्द्रका मिश्रीलाल गुप्ता, राष्ट्रिय जनमोर्चाका कपिलदेव खनाल, संघसंस्थाको तर्फबाट नेत्र ज्योति संघ लमही आँखा अस्पतालका अध्यक्ष रेशम खड्का र पत्रकार राधेश्याम गुप्ता लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया