सिसहनियाँ । शहरी विकास मन्त्री मेटमणी चौधरीले थारू समाजलाई अगाडि बढाउन संस्कार युक्त शिक्षाको आवश्यकता रहेको बताएका छन् ।

बडा दशैँको अवसरमा शनिबार राष्ट्रिय थारू कलाकार मञ्च केन्द्रीय समितीले दाङ देउखुरीको गढवा गाउँपालिका २ राप्ती रिसोर्ड एण्ड फन पार्कमा आयोजना गरेको दशैँ बिशेष सांस्कृतिक तथा पौराणिक नाच कार्यक्रमलाई उद्घाटन गर्दै मन्त्री चौधरीले सो कुरा बताएका हुन् ।
थारू समुदायका ती पुराना नाचगान, संकार, संस्कृति हराउँदै जान थालेको र नयाँ युवा पिढीले आधुनिक गितसंगितमा रमाउन थालेकाले पुराना संस्कार संस्कृतिको संरक्षण शिक्षा क्षेत्रबाट मात्र सम्भव हुने भएकाले पहिलो पाठशाला अभिभावक रहेकोले आफ्ना छोराछोरीलाई कस्तो संस्कार दिने भन्ने कुरा अभिभावकमा भर पर्ने भएकाले संकारयुक्त शिक्षा दिन आवश्यक रहेको र दोस्रो पाठशाला विद्यालय भएकोले विद्यालय तहमा पनि संस्कारयुक्त शिक्षा हुन जरूरी रहेको बताएका छन् । प्रमुख अतिथि समेत रहेका मन्त्री चौधरीले थारू समुदाय अरू समुदाय सँग प्रतिस्पर्धामा आएको स्मरण गराउँदै थारू समुदायको पहिचानका लागि थारू कलाकार स्थापित हुन जरूरी रहेको पनि बताएका छन् ।
मञ्चका अध्यक्ष विरबहादुर चौधरीको अध्यक्षता एवम् शहरी विकास मन्त्री मेटमणी चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दशैं विशेष साँस्कृतिक कार्यक्रम तथा पौराणिक नाच प्रतियोगितामा शान्ति युवा क्लव लठ्ठहवाको कठघोरी नाच प्रथम भएको भएको छ । नेपालको दोस्रो लामो पुल नजिक राष्ट्रिय थारू कलाकार मञ्च केन्द्रीय समितीले बडा दशैँको अवसरमा आयोजना गरेको दशैँ बिशेष सांस्कृतिक तथा पौराणिक नाच कार्यक्रममा कुल १० वटा समुहले भाग लिएको प्रतियोगितामा कठघोरी नाचले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।
त्यसै गरि सखिया पैया समूह रामपुर पलासेको नाच दोस्रो र सघारी साँस्कृतिक मञ्च उत्तर मजगाउको बड्का नाचले तेस्रो स्थान हासिल गरेका थिए । विजय हुने समुहलाई क्रमश १५ हजार, १२ हजार र ८ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा चर्चित थारू गायिका अन्नु चौधरी गायिका समिक्षा चौधरी, रोशन रत्गैया, दोषहरण चौधरी, शालिकराम चौधरी, राजेन्द्र चौधरी, गायक तथा हाँस्यकलाकार गौतम चौधरी, गायक डिआर चौधरी, मोडल समु चौधरी, लगायतको प्रस्तुती रहेको संयोजक श्रीनारायण चौधरीले जानकारी दिएका छन् । स्वागत अञ्जु चौधरी र कार्यक्रमका बारेमा मञ्चका केन्द्रीय महासचिव रोशन रत्गैयाले जानकारी गराएका थिए ।
कार्यक्रमको सञ्चालन कृष्णा चौधरी र श्रीनारायण चौधरीले गरेका थिए ।

तपाईको प्रतिक्रिया