अज्ञात समुहको आक्रमणबाट राप्तीका एक युवकको खुट्टा भाचियो

 

 

जगत खनाल, देउखुरी । अज्ञात समुहको आक्रमणबाट राप्ती गाउँपालिका वडा नं. २ कठाहाका एक युवक घाइते भएका छन् । घाइते १७ वर्षिय युवक दिपेस चौधरीको खुट्टा भाचिएको छ ।

शनिवार राती करिब १० बजे गढवा गाउँपालिका वडा नम्बर २ महदेवा सिसहनिया पुल नजिक अपरिचित समुहले आक्रमण गरेको र लठ्ठी प्रहारबाट चौधरीको दाहिने खुट्टा भाचिएको राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पहलमान चौधरीले जानकारी दिएका छन् ।

घाइते चौधरीलाई शनिवार राती साथीहरूले बोकेर घर ल्याएको र आज सुवर्ण मेडिकल हल लालमटियामा चेक गराउदा खुट्टा भचिएकोले थप उपचारको लागि बुटवल पठाइएको वडा अध्यक्ष चौधरीले जानकारी दिए ।

प्रहरी चौकी गोवडिहाका प्रहरी प्रमुख सुन्दर चौधरीले उक्त समुहको खोजी भैरहेको र हालसम्म पत्ता लगाउन नसकेको जानकारी दिएका छन ।

शनिवार राष्ट्रिय थारु कलाकार मंचले सिसहनियाँ पुल नजिक गरेको दशै विशेष सांस्कृतिक कार्यक्रम तथा पौराणिक नाच प्रतियोगिता हेर्न गएको समयमा आक्रमणमा परेका हुनसक्ने अनुमान रहेको प्रहरी प्रमुख चौधरीले जानकारी बताए ।

तपाईको प्रतिक्रिया