भालुवाङ । महेन्द्र राजमार्ग अन्तरगत लमही भालुवाङ सडक खण्डको बराखुट्टीमा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिदा तीन जना घाइते भएका छन् ।

राप्ती गाउँपालिका २ बराखुट्टीमा सोमबार दिउँसो करिब साढे ४ बजेको समयमा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिएको थियो ।
दाङको घोराहीबाट कपिलबस्तुको मायादेवी गाउँपालिका वडा नं. ६ डुमरीपुर तर्फ जाँदै गरेको लु ६० प ८६७५ नम्बरको मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिंदा साइकलयात्री राप्ती गाउँपालिका—१, पाखापानीका ३९ वर्षिय सुर्यबहादुर कुमाल घाइते भएका छन् । त्यसैगरी घाइते हुनेमा मोटरसाइकल चालक मायादेवी गाउँपालिका—६, डुमरीपुरका २२ वर्षिय अभिषेक चौधरी र मोटर साइकलमा सवार २२ वर्षिय अनुज चौधरी रहेको प्रहरी चौकी मसुरियाका प्रहरी प्रमुख निमबहादुर केसीले जानकारी दिए ।
घाइते कुमाल र अभिषेक चौधरीको टाउकोमा गम्भीर चोट लागेको छ भने अनुजको हातमा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेहरुको राप्ती पोलिक्लिनीकमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
साइकलयात्रीले बाटो काट्ने क्रममा तीब्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिंदा उक्त दुर्घटना भएको स्थानीय प्रत्यक्षदर्शी यादव आचार्यले जानकारी दिए । साइकल र मोटरसाइकल दुबै सडक छेउको झाडीमा गएको थियो । अहिले दुवै सवारी साधानलाई प्रहरी चौकी मसुरीयामा राखिएको छ ।

तपाईको प्रतिक्रिया