
दाङ । अखिल नेपाल शिक्षक संघले आफ्नो ३६ औं स्थापना दिवस मनाएको छ ।
केन्द्रीय समिति, प्रदेश, जिल्ला र स्थानीय तहहरुले आ–आफ्नो अनुकूलता र सृजनात्मकतामा आधारित रहेर देशैभर स्थापना दिवस मनाएको संघले जनाएको छ ।
स्थापना दिवस मनाउने क्रममा अखिल नेपाल शिक्षक संघ दाङले पृथक र सृजनात्मक कार्यक्रम गरेको छ । संघले राप्ती गाउँपालिका वडा नम्बर ८, पिपरीमा रहेको नीलसागर सेवा आश्रममा पुगेर त्यहाँ रहेका असहाय, अशक्तहरुलाई फलफूल वितरण गरेर स्थापना दिवस मनाएको छ ।
संघका केन्द्रीय सदस्य भानु जीएम, दाङ जिल्ला अध्यक्ष रुमाल बसेल, सचिव ठाकुर खनाल, कोषाध्यक्ष रामकृष्ण पौडेल, सदस्यहरु माधव वेल्वासे, वसन्तराज भट्टराई, मिलन पोख्रेल, निराजन पोख्रेल र गोविन्द पन्थी सहितको समुहले निलसागर आश्रममै पुगेर फलफूल वितरण गरिएको दाङ जिल्ला अध्यक्ष रुमाल बसेलले जानकारी दिएका छन् ।
केन्द्रीय सदस्य भानु जीएमले आफ्नो संगठनको स्थापना दिवसको अवसरमा थोरै भए पनि मानव सेवा होस् भन्ने उद्देश्यले नीलसागर सेवा आश्रममा पुगेर फलफूल वितरण गरिएको र यस प्रकारको सेवांमुखी कार्यक्रम आगामी दिनमा पनि निरन्तर दिने बताए ।
उक्त आश्रममा सडकमा अलपत्र अवस्थामा रहेका व्यक्तिहरुलाई उद्वार गरेर आश्रय दिने गरिएको छ ।

तपाईको प्रतिक्रिया