
देउखुरी । लमही नगरपालिका ४ सेम्रहवा स्थिति राप्ती नदिको शब दाहस्थलमा मलामिको सजिलोको लागि बेन्च राखिएको छ ।
रोटरी क्लब अफ लमहीले क्लवका सदस्य तथा पदाधिकारीको सहयोगमा आ वटा फलामे बेञ्च राखिएको इलेक्ट प्रेसिडेन्ट केशव घिमिरेले जानकारी दिए ।
‘मलामि गएको बेला बिसाउन सजिलोको लागि बेञ्च राखेका हौं’ उनले भने–‘हेर्दा सामान्य तर, महत्त्वपूर्ण काम गर्यौं भन्ने छ ।’
यस्तै शनिवार नै गढवाको रामनगरमा बृहत रक्तदान पनि गरिएको क्लवका अध्यक्ष मोहन पाण्डेले जानकारी दिए ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया