दाङ कारागार नयाँ जीवन सुरुवातको थलो बन्दै

निरला अर्याल,
दाङ । घोराही कारागारमा नयाँपन देखिन शुरु गरेको छ । कारगारलाई सजाय भोग्ने स्थानको रुपमा भन्दापनि बन्दी सुधारगृहको रुपमा विकास गरेर कारगारलाई अगाडी बढाउन शुरु गरिएको छ । जसबाट कैदी वन्दीहरुको नकारात्मक सोचको अन्त्य हुने अपेक्षा घोराही कारागारले जनाएको छ ।

 

घोराहीमा गत चैतमा सरुवा भई आएका जेलर बासुदेव खनालले कैदी वन्दी र प्रशासनको वीचको दुरीलाई कम गर्ने थप प्रयास भईरहेको छ । त्यसका लागि कैदीवन्दी संग रहेर प्रत्यक्ष कैदी र जेलर विचमा समस्याहरुको बारेमा छलफल गर्ने जस्ता काम नयाँ भएको जेलर वासुदेव खनालले बताए । ‘यो सजाय काट्ने ठाउँ मात्रै होइन, नयाँ जीवन सुरुवातको थलो पनि हो’ उनले भने–‘कारागार सीप सिक्ने र क्षमता बढाउने ठाउँ पनि हो ।’

यस्तै कैदीवन्दी सर्वेक्षणमा कैदीवन्दी पारिवारिक पृष्ठभुमी देखि कैदीवन्दीले गर्ने दैनिक क्रियाकलापको लगाएत , कैद सजया लिएको समयमा भएको आन्तरिक क्रियाकलापको वारेमा नाम गोप्य राखी प्रत्येक कैदीहरुको विवरण लिने कार्य नयाँ भएको उनले बताए ।

यस्तै ई लाइब्रेरी, पुस्तकालय, जिमखाना, खेलकुदका बिभिन्न सामाग्रीहरुको ब्यवस्था मिलाईएको छ । त्यसबाहेक स्वच्छ वातावरण र सफा भान्सा समेत रहेको कैदीहरुले बताएका छन् । आयआर्जनका लागि बिभिन्न सीपमुलक कार्यक्रम समेत सञ्चालन हुने गरेका छन् ।

कागरागारमा सरकारले प्रति कैदीबन्दी दैनिक ६० रुपैया र ७ सय ग्राम चामल उपलब्ध गराएको छ । महिनामा ७० क्वीनटल चामल र ६ लाख रुपैया रकम कैदी वन्दीहरुको लागी आउने गर्छ तर त्यसबाट कटाएर व्यवस्थापनमा असहजता भएको पाइए पनि दाङको कारागारमा भने व्यवस्थापन पारदर्शी देखिएको छ ।

घोराही कारागारमा ३ सय २४ जनाले कैद जिवन बिताईरहेका छन् । सवै भन्दा धेरै जबरजस्ती करणीमा बन्दी ४८ र कैदी ३६ जना गरी जम्मा ८४ जना रहेका छन् । यस्तै कर्तव्य ज्यानमा ४५ कैदी र १६ जना बन्दी गरी ६१ जना छन् । लागुऔषधमा बन्दी ४२ र कैदी २७ जना गरी ६९ जना रहेका छन् भने नागरिकता किर्ते सम्बन्धी कुनै पनि कैदी वन्दी छैनन ।

तपाईको प्रतिक्रिया